तोकिएकै समयमा महाधिवेशन हुन्छः सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

तोकिएकै समयमा महाधिवेशन हुन्छः सभापति देउवा

sher bahadur deuwa


काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेश गनुपर्नेमा जोड दिएका छन् । मंगलबार पार्टीको महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवानिवास बूढानीलकण्ठमा पुगेका युवा नेताहरुसंगको छलफलमा देउवाले यस्तो बताएका हुन् ।

भदौभित्रै पार्टीको १४औँ महाधिवेशन गर्नुपर्नेमा आफू प्रतिबद्ध रहेको भन्दै देउवाले ‘हामीलाई अरू समय थप्ने सुविधा नभएको तर्क गरेका छन् ।पार्टीको महाधिवेशन र अन्य राजनीतिक विषयमा छलफलका लागि कांग्रेसका युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, जीवन परियार, बद्री पाण्डे र प्रदीप पौडेललगायत नेताहरू मंगलबार बिहान ९ बजे देउवानिवासमा पुगेका थिए ।

झण्डै एक घन्टा लामो छलफलमा आफूलाई मनमा लागेका कुरा सभापतिलाई सुनाएको छलफलमा सहभागि धनाराज गुरुङ्गले बताए । उनले भने आफूहरुले सभापति देउवासंग धेरै कुरा गर्न चाहेंपनि सभापतिल खासै चासो नदेखाएको उनको भनाई रहेके छ ।

Leave a Reply