यूएई सरकारद्धारा नेपाललाई १५० भेन्टिलेटरसहित १२ टन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

यूएई सरकारद्धारा नेपाललाई १५० भेन्टिलेटरसहित १२ टन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई कोरोना भाइरसको विरूद्धको स्वास्थ्य सामग्री सहयोग गरेको छ । यूएई सरकारले १५० भेन्टिलेटरसहित १२ टन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको यूएईस्थित नेपाली दूतावासका जानकरी दिएको हो । सो सामग्री एक विशेष विमानमार्फत बुधवार काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

केहि दिनअघि मात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठकमा यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन पठाउन लागेको जानकारी गराएका थिए ।

Leave a Reply