कच्चा तेलको तस्करीको आरोपमा नियन्त्रणमा लिएको इरानको जहाज इन्डोनेसियाद्वारा फुकुवा | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

कच्चा तेलको तस्करीको आरोपमा नियन्त्रणमा लिएको इरानको जहाज इन्डोनेसियाद्वारा फुकुवा

एजेन्सी । कच्चा तेलको तस्करीको आरोपमा इन्डोनेसियाले नियन्त्रणमा लिएको इरानको जहाज छोडिदिएको छ । शनिवार इन्डोनेसियाली अधिकारीहरु र इरानको सरकारी मिडियाले यसको जानकारी दिएका हुन् ।

रोयटर्सले जनाएअनुसार इन्डोनेसियाली कोस्ट गार्डका प्रवक्ता विष्णु परमन्दिताले एमटी हर्स नामको त्यस जहाजलाई अदातलको फैसलापछि शुक्रवार छाडिएको हो । अदालतको आदेशमा त्यस जहाजलाई छोड्न सकिने तर जहाजका कप्तानलाई विना कुनै जरिबाना दुई वर्षका लागि परीक्षणकालका लागि राख्न सकिने उल्लेख गरिएको प्रवक्ता परमन्दिताले बताए ।

इरानी सरकारी मिडियाले पनि जहाज आफ्नो काम पूरा गर्न इन्डोनेसियाबाट हिँडेको र त्यसपछि इरान फर्किने जनाएका छन् । यस वर्षको जनवरी २४ मा एमटी हर्स जहाजले आफ्नो देशको समुद्री सीमाभित्र रहेर तेलको तस्करी गरेको भन्दै इन्डोनेसियाले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);