मिठाईका पारखी हिस्स : व्यपारीले ठग्छन् ग्राहक | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

काठमाडौँ, २ कार्तिक । मिठाई किन्दा व्यापारीले मनपरी रुपमा ग्राहकलाई ठग्ने गरेका छन् । विभिन्न प्रकृतिका मिठाईहरुमा प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म असुल्ने गरेको पाइएको छ।

बढी मूल्य लिएको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संंरक्षण विभागले काठमाडौं बानेस्वरस्थित संगम स्वीटलाई चित्त बुझ्दो जवाफ पेस गर्न निर्देशन दिएको छ।

तिहार नजिकिएसँगै अन्य समयको तुलनामा मिठाई पसलमा ग्राहकको भिड दिनप्रतिदिन बढेको छ। आजको नेपाल समाचारपत्रमा खबर छ।