काठमाण्डौँ, १ कात्र्तिक । विनाविभागीय मन्त्री एवम् माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री शेरबहादुर देउवा एक्लैसँग चुनाव गराउने क्षमता नभएको दावी गरे ।
विनाविभागीय मन्त्री शाहीले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराउने आँट नभएपछि प्रधनमन्त्री देउवाले कमल थापालाई सरकारमा सहभागी गराएको तर्क समेत गरे । उनले बाम गठबन्धन मुलुकको हितका लागि गर्न लागिएको भन्दै त्यसबाट नअत्तालिन पनि प्रधानमन्त्री देउवालाई चेतावनी दिए । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले चुनाव सार्ने देखिएपछि तत्काल सरकारबाट नहट्ने निर्णय लिनु परेको पनि स्पष्ट पारे ।
विना विभागीय मन्त्री शाहीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउनुको औचित्य पुष्टि गरेर देखाउन पनि प्रधानमन्त्री देउवालाई चेतावनी दिए । उनले राष्ट्र र जनताको हितका लागि सरकारमात्रै होईन् जीवनको बलिदान दिन आफूहरु तयार रहेको पनि बताए ।