जसपाद्धारा पार्टीको सम्पुर्ण जिम्मेवारी अध्यक्ष यादवलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

जसपाद्धारा पार्टीको सम्पुर्ण जिम्मेवारी अध्यक्ष यादवलाई

upendra-yadba

काठमाडौँ । राष्ट्रिय जनता समाजवादी पार्टी जसपा नेपालले उपेन्द्र यादव पक्षले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।

आइतबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले पार्टीको सम्पुर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो । जसपामा हालसम्म द्धोय अध्यक्ष यथावत अवस्थामा रहेका छन् । यसअघि जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले उक्त अधिकार प्रयोग गर्दे आएका थिए ।

त्यस्तै जसपाले ठाकुर लगायत पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । बैठकले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

Leave a Reply