नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका बासिन्दा खानेपानीको पहुँचमा पुगेका छन् । रामनगर बृहत खानेपानी तथा सरसफाइ आयोजनाले गत वर्षबाट व्यवस्थित तरिकाले पाइप लाइन बिस्तार गर्दै उपभोक्तामाझ खानेपानी वितरण गरेपछि १६ सय बढि घरधुरी खानेपानीको पहुँचमा पुगेका हुन् । तर पानीको महशुलमा अस्वभाविक वृद्धिले उपभोक्ताहरु मारमा परेका छन् ।