गोठादीका स्थानीयकै श्रमबाट ३० किलोवाट क्षमतको लघु जलविद्युत आयोजना निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पाल्पा, प्रकाश नेपाल, ३१ असोज ।  पाल्पाका माथागढी गाउँपालिकाका गोठादीका स्थानीयले आफ्नै श्रमबाट ३० किलोवाट क्षमतको लघु जलविद्युत आयोजना निर्माण गरेको छन् । आयोजनाबाट उत्पादित हुने विजुलीले गोठादीका करिब ३ सय घरधुरी झलमल हुने छ ।

माथागढी गाउँपालिका गाठादीका स्थानीयले आयोजना सम्मन्न गर्न भण्डै तीन सय दिन निरन्तर श्रम दान गरे । साथै उनीहरुले आयोजनाका लागि प्रतिपरिवार ३४ हजार रुपैया संकलन समेत गरे । आयोजनाका लागि नेपाल सरकारको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट ५२ लाख रुपैयाँ सहयोग प्राप्त भयो । अन्ततः सरकारको सहयोगको स्थानीयको मिहेनतले गाउँ झिलिमिलि बनाउने अभियानले सफलता प्राप्त ग¥यो ।

गाउँमा विद्युत आएपछि विजुली बाल्न मात्र नभई मोबाइल फोनको प्रयोग, देश विदेशको समाचार हेर्न र सुन्न टेलिभिजनको प्रयोग गर्न पनि स्थानीयलाई सहज भएको छ । टुकि बालेर गुजरा चलाइरहेका स्थानीयलाई आयोजना सफल भएसँगै उज्यालोमात्र होइन आयआर्जनसमेत बढेको छ ।

त्यासो त गाउँमा विद्युत वितरण भएपछि विद्युतीय समानको प्रयोगले गृहीणीहरुलाई समेत निक्कै सहज भएको छ ।

जल विद्युत आयोजनाबाट उद्योग सञ्चालनको लागि स्थानीसमक्ष गाउँपालीकाले सहजीकराण गर्ने र बाकिँ रहेको विद्युत नेपाल विद्युत प्राधिकरणलाई विक्रि गर्ने तयारी गरिएको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);