यात्रुसँग बढी भाडा लिने ३ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

यात्रुसँग बढी भाडा लिने ३ पक्राउ

pakrau

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तिब्र पारेको छड्के चेकजाँच तथा अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशीक रोजगारबाट आई घर फर्किने र अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्वरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

कोटेश्वरबाट पक्राउ पर्नेमा धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेल रहेको महाशाखाले पुष्टि गरेको छ ।

काठमाण्डौं देखि पूर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजार देखि पैतालिस सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश३–०१–००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेललाई बृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ ।

यसरी महामारीमा सार्वजनिक सवारी संचालनमा पूर्ण रोक लगाएको भएता पनि बिभिन्न समस्यामा परेका र बिदेशबाट आएकाहरुलाई लग्ने बहानामा बढी भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि हिजो प्रहरी प्रभाग गंगबु र कलंकीमा बुझाइएको समेत महाशाखाले जनाएको छ ।

Leave a Reply