काठमाडौं । कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न अखाद्य प्रविधि तथा गुणमापक नियन्त्रण विभागले उपभोक्तालाई बर्गमा आग्रह गरेको छ ।
कोरोना भाइरसको विषम परिस्थितिको फाइदा उठाउँदै अखाद्य वस्तुको बिक्री तथा राहत वितरण हुन सक्ने भन्दै विभागले आइतबार एक विज्ञप्ती जारी गर्दे उपभोक्ता बर्गमा सुचित गराएको छ । ‘विषम परिस्थितिमा अखाद्य वस्तुको बिक्री वितरण तथा राहत वितरण हुन सक्छ, त्यसरी बिक्री भएको खाद्यान्नमा कुनै कैफियत वा अखाद्य वस्तुको आशंका लागे तत्काल सम्पर्क गर्न विभागले आग्रह गरेको हो ।
विभागले उपभोक्ताको गुनासो सम्बोधन गर्न विभिन्न हटलाइन नम्बरहरु पनि जारी गरेको छ । विभागको केन्द्रीय कार्यालय बबरमहल तथा देशभरका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उपभोक्ताले सम्पर्क गर्न सक्ने विभागले जनाएको छ ।