एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक आइतबारका लागि डाकियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक आइतबारका लागि डाकियो

रुपन्देही। विशेष अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक डाकिएको छ । आइतबार बिहान ८ बजका लागि बैठक बालाइएको हो।

वैशाख ६ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको मुख्यमन्त्री शंकर पोखरलविरुद्धको अविश्वास प्रस्तावबारे रणनीति तय गर्न बैठक बोलाइएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताएका हुन्।

आइतबार बिहान बस्ने बैठकले सबै सांसदहरू एकढिक्का भएर सामना गर्न निर्णय लिइने बताइएको छ। कर्णालीमा जस्तै एमालेका माधव पक्षका केही सांसदले फ्लोर क्रस गर्नसक्ने ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई, जसपाका चार सांसद पदमुक्त भएपछि प्रदेशसभामा ८१ सांसद रहेको सूचना प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।

प्रदेशसभाले सार्वजनिक गरेको ८१ सदस्यीय कायम रहेमा सरकार बनाउन अब ४१ सांसद आवश्यक पर्ने छ । प्रदेशसभामा एमालेका ४१, कांग्रेसका १९, माओवादीका १८ (सभामुखसहित), जसपाका दुईक र कारबाहीमा परेका ४ सांसद र जनमोर्चाका एक सांसद रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);