इजरायलको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु, सयौं घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

इजरायलको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु, सयौं घाइते

एजेन्सी ।इजरायलमा एक लाख बढी मानिस सहभागी भएको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।



उत्तरपूर्वी इजरायलको माउन्ट मेरोनमा एक जना प्रसिद्ध रब्बीको समाधीस्थलमा भएको कार्यक्रममा भागदौड हुँदा घटना घटेको हो ।

दोस्रो शताब्दीका रब्बी सिमोन बार एचाईको सम्झनामा हजारौं अर्थोडक्स यहुदीहरू भेला भएको उक्त स्थानमा भवनको छानो खस्दा भागदौड भएको जनाइएको छ । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनालाई लिएर चिन्ता व्यक्त गर्दै ठूलो क्षति भएको बताएकाे छ ।

कोरोनाभाइरसको महामारीका कारण गत वर्ष उक्त कार्यक्रममाथि प्रतिबन्ध लगाइएपनि यो वर्ष भने ५० प्रतिशतभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको पूर्ण खोप लगाइसकिएको र संक्रमण घटेका कारण सरकारले कार्यक्रम गर्न अनुमति दिएको थियो ।

कोरोना भाइरसको महामारी सुरू भएपछि इजरायलमा यति धेरै मानिस जमघट भएको यो पहिलो कार्यक्रम थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);