सुनसरीमा शुक्रबारबाट निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

सुनसरीमा शुक्रबारबाट निषेधाज्ञा

विनोद आचार्य
सुनसरी । कोरोना भाइरसको दोस्रो लहरको महामारीका कारण सुनसरीमा स्थानीय प्रशासनले शुक्रवार रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिए ।

बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डीसीसीएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन शुक्रबार १२ देखि २४ वैशाखसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । शुक्रबार राति १२ बजेदेखि एक सतालाई निषेधाज्ञा हुने भएको हो ।

सुनसरीका धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी रामधुनी बराहक्षेत्र नगरपालिका तथा कोसी भोक्राहा नर्सिङ, हरिनगरा, बर्जु र गडी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सर्वसाधारणलाई हिडडुल गर्न र सवारी साधन संचालन गर्न प्रतिबन्ध लगाइएको छ । प्रजिअ ढकालले निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले निर्देशनलाई उल्लंघन गर्ने जोकोहीलाई संक्रमण ऐन अनुसार पक्राउ गरी कारबाही गर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);