बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा हुँदा १ जनाका मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक जादै गरेको ००१ ज ३७७ नम्बरको जिप आज बिहान बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका करिब ४५ वर्षीय देवदत्त जोशी रहेका छन् । मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाइते भएका छन् । दुलाहा–दुलही सामान्य घाइते भएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहको बताएको छ । जिप सडकबाट सय मिटर तल खसेको थियो ।