नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जका अनुसार ३ सय ५० जनाको पीसीआर परिक्षण गर्दा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा ८६ वर्षीय महिलाको मृत्यु भएको छ । वैसाख ७ गते पीसीआर जाँच गरिएकी महिलाको ८ गते रिपोर्ट पोजिटिभ आएको थियो । कोरोनाबाट अहिलेसम्म बाँकेमा ६७ जनाको मृत्यु भएको छ ।