उहिल्यै अपराधीलाई यसरी दिईन्थ्यो मृत्युदण्ड, जुन तस्विर देख्दै सातो उड्छ! | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

काठमाडौँ, २४ असोज । अहिले धेरैजसो देशहरुमा अपराधीहरुलाई सजाय दिन जेलमा हालिन्छ । हत्या जस्तो जघन्य अपराधको लागि फाँसी दिइन्छ। तर, पहिलेपहिलेको समयमा अपराधी र दुश्मनहरुलाई निकै दर्दनाक मृत्युको सजाय दिइन्थ्यो।

यी यस्ता तरिका थिए जसको बारेमा जान्दा पनि मुटु काँप्छ। अलग अलग देशमा मृत्युको सजाय पनि फरक फरक थियो। मृत्युदण्डको यो क्रुर तरिका चीनको हो। यसमा अपराधीलाई नाङगै सुताएर बाँधिन्थ्यो । उसको पेटमा मुसाले भरिएको पिंजडा राखिन्थ्यो।

पिंजडाको माथि बलिरहेको कोइला राखिन्थ्यो जसको गर्मीबाट बच्न मुसाले प्वाल खोल्न खोज्दा त्यो प्यक्तिको पेट पूरै चीरफाड गर्थे। मध्यकालका कुनै अपराधीलाई सजाय दिन उसका दुवै खुट्टालाई बाँधेर उल्टा झुण्ड्याइन्थ्यो। यसो गर्दा उसको शरीरको सबै रगत टाउकोमा आउँथ्यो अनि उसलाई आरीले बीचबाट काटिन्थ्यो।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार