बेलायतमा एस्ट्राजेनेकाको खोप ३० वर्षमुनिका मानिसहरूलाई नदिइने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

बेलायतमा एस्ट्राजेनेकाको खोप ३० वर्षमुनिका मानिसहरूलाई नदिइने

एजेन्सी, २६ चैत । बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षमुनिका मानिसहरूलाई एस्ट्राजेनेका नामक कोरोना भ्याक्सिन नदिइने जनाएको छ ।

एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन दिईएका धेरै मानिसहरूमा मस्तिष्कमा रगत जम्ने समस्या देखिएपछि ३० वर्षभन्दा माथिका मानिसलाई मात्र यो खोप दिन लागिएको एमएचआरएले जानकारी दिएको छ ।

मार्चको अन्त्य सम्ममा एस्ट्राजेनेकाको खोप दिइएका मानिसहरू मध्ये ७९ जनामा मस्तिष्कमा रगत जम्ने समस्या ब्लड क्लटिङ भएको र तीमध्ये १९ जनाको मृत्यु भएको पनि एमएचआरएले जनाएको छ ।

मार्चको अन्त्यसम्ममा एस्ट्राजेनेकाको खोप दिइएका मानिसहरूमध्ये ७९ जनामा ब्लड क्लटिङ भएको र तीमध्ये १९ जनाको मृत्यु भएको पनि एमएचआरएले जनाएको छ ।

एस्ट्राजेनेका निर्मित भ्याक्सिनकै कारण ब्लड क्लटिङ भएको पर्याप्त प्रमाण नजुटेपनि यो समस्या र एस्ट्राजेनेकाको भ्याक्सिनबीच गहिरो सम्बन्ध रहको सो नियामकले जानकारी दिएको छ ।

ब्लड क्लटिङका कारण ज्यान गुमाएका मध्ये दुई तिहाई महिला रहेको बताईएको छ । खोप लगाएपछि यो समस्या निम्तिएका १८ देखि ७९ वर्ष सम्मका मानिसहरूको ज्यान गएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);