नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा कोरोना संक्रमण बढ्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा कोरोना संक्रमण बढ्दै

एजेन्सी, २३ चैत । भारतको उत्तर प्रदेश राज्यमा कोरोनाको नयाँ भेरियण्टका चारहजार संक्रमित भेटिएका छन् । उत्तर प्रदेश राज्यमा कोरोनाको नयाँ भेरियण्टका चारहजार संक्रमित भेटिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना भाईरसको दोश्रो लहर शुरु भएसँगै सीमावती नेपाली क्षेत्रपनि यतिबेला कोरोनाको उच्च जोखिममा परेका छन् । उत्तर प्रदेशमा आईतबार गरिएको परिक्षणमा झण्डै चार हजारमा कोरोनाको नयाँ भेरियण्ट भेटिएपछि त्यहाँ सरकारले उच्च सतर्कता अपनाएको छ ।

उत्तर प्रदेशको रानजधानी लखनउमा मात्रै कोरोनाकै नयाँ भेरियण्टबाट संक्रमित भएकाहरुको संख्या १ हजार १ सय पुगेको बताएको छ । लखनउ समेत सिंगै राज्यमा कोरोनाको दोश्रो लहर देखिन थाले लगत्तै मुख्यमन्त्री आदित्यनाथले राज्यमा संक्रमितहरुको आइसोलेसनका लागि नयाँ ब्यवस्थाको घोषणा गरेको छ ।

आदित्यानाथ सरकारले, आरटी पीसीआर परिक्षणलाई तिब्रता दिने निर्णयसँगै संक्रमित ब्यक्तिसँगको सम्पर्कमा रहेका कमसेकम ६ जनाको पीसीआर परिक्षणलाई अनिवार्य गर्न स्वास्थ विभागलाई निर्देशन दिएको छ ।

साथै यसअघिको संक्रमणमा ब्यवस्था गरिएका कोभिड अस्पतालमा अतिरिक्त बेड,चिकित्सक, पारामेडिकल जनशक्ती, अक्सिजन, भेण्टीलेटर्स र औषधीको पर्याप्त स्टक राख्न समेत आदेश जारी गरेको स्थानीयल समाचार संस्थाहरुले बताएका छन् । राज्यमा मास्क अनिवार्य गरिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);