नेपाल–खनाल पक्षको प्रधानमन्त्रीलाई जवाफ 'हामी एकपछि अर्को कारवाही भोग्न तयार छौं’ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

नेपाल–खनाल पक्षको प्रधानमन्त्रीलाई जवाफ ‘हामी एकपछि अर्को कारवाही भोग्न तयार छौं’

काठमाडौं, ३ चैत । एमालेको नेपाल खनाल पक्षले आफूहरु एकपछि अर्को कारवाही भोग्न तयार रहेको भन्दै प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन् ।

चैत ४ र ५ गते सो पक्षले आयोजना गरेको भेला सम्बन्धमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस्तो चेतावनी दिएका हुन् ।

‘ कारवाहीका कुरा अहंकारपूर्ण अभिव्यक्ति हो , हामी एकपछि अर्को कारवाही भोग्न तयार छौ’ उनले भने । प्रत्येक कारबाही भोग्न लामवद्ध हुने छौं’ उनले भने ।

भट्टराईले आफूहरु अहिले कारवाही भोग्नु परेपनि प्रधानमन्त्री ओली ईतिहासको कठ्घरामा उभिएर जवाफ दिनुपर्ने दिन आउने चेतावनी दिए। ‘ जुन दिन तपाई ईतिहासको कठ्घरामा उभिनुपर्ने हुन्छ त्यो बेला तपाईसंग दुई थोपा आँसु झार्ने मानिस पनि हुने छैनन् ।’ भट्टराईले भने।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);