चैत ५ पछि सत्ता समीकरणले मूर्त रुप पाउँछ : पुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चैत ५ पछि सत्ता समीकरणले मूर्त रुप पाउँछ : पुन

काठमाडौं, ३ चैत । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत्र ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप पाउने बताएका छन्।

मंगलबार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टी जसपाको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीचको सत्ता समीकरणले मूर्त रुप पाउने बताएका हुन् ।

तीन दलबीच गठबन्धन हुने दावी गर्दै उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलीय गठबन्धन प्राकृतिक हुने पनि उल्लेख गरे ।

नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);