साउदीमा अब विदेशी कामदारले काम फेर्न र देश छोड्न कम्पनीको अनुमति नचाहिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

साउदीमा अब विदेशी कामदारले काम फेर्न र देश छोड्न कम्पनीको अनुमति नचाहिने

एजेन्सी, १ चैत । साउदी अरबले श्रमिक मैत्री बनाएको कफाला स्पोन्सरसीप प्रणाली आजदेखि लागू गरेको छ । यो प्रणालीले साउदीमा कार्यरत विदेशी कामदारले कामसम्बन्धी थप स्वतत्त्रता पाएका छन् ।

अब त्यहाँ कार्यरत विदेशी कामदारले रोजगारदाता या कम्पनीको अनुमतिविना नै काम परिवर्तन गर्न पाउँछन् भने अनुमतिविना नै स्वदेश पनि फर्किन पाउने छन् ।

यसअघि त्यहाँको निजी क्षेत्रमा काम गरिरहेका मजदुरले मालिकको अनुमतिविना काम परिवर्तन गर्न पाउँदैन थिए भने स्वदेश फर्किन पनि मालिक या कम्पनीको अनुमति आवश्यक पर्दथ्यो ।

साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा कफाला प्रणाली श्रमिकमैत्री बनाउने प्रतिवद्धता जनाएको थियो । सोही बमोजिम आइतबारदेखि यो प्रणाली आधिकारिक रूपमा लागू गरेको हो ।

कफालामा परिवर्तन गरिएसँगै १ करोड विदेशी मजदुर लाभान्वित हुने बताइएको छ । साउदी सरकारको यस कदमलाई त्यहाँका मानव अधिकारवादीहरुले स्वागत योग्य मानेका छन् ।

Leave a Reply