जखेरा तालमा अत्याधुनिक मोटर सहितको डुंगा संचालन | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

जखेरा तालमा अत्याधुनिक मोटर सहितको डुंगा संचालन

ओमप्रकाश गुप्ता
लमही, २६ फागुन ।
महाशिवरात्री पर्वको अवसर पारी देउखुरीको जखेरातालमा अत्याधुनिक डुंगा संचालनमा आएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थित दाङ जिल्ला लमही नगरपालिका वडा नम्बर ३ मा रहेको जखेरामा गत वर्ष जखेरा तालमा भित्र्याइएको ५ लाख २७ हजारको फाइवर डुंगामा बुधबार करिव ३ लाख बराबरको मोटर जडान गरिएको जखेरा शिवालय धार्मिक संरक्षण विकास प्रतिष्ठानका महासचिव लोकमणी बन्जाडेले जानकारी दिएका छन् ।

शिवरात्री पर्वको अवसरमा डुंगा सयर गरि मन्दिर सम्म पुग्ने दर्शनार्थीहरुलाई समस्या नपरोस भनी मोटर जडान गरि डुंगा संचालनमा ल्याइएको ताल संरक्षण समितिको भनाई छ । जखेरा शिवालय धार्मिक संरक्षण विकास प्रतिष्ठानका पदाधिकारी सम्मेलित एक समारोहका बिच नेपालको राष्ट्रिय झण्डा फहराएर मोटर जडित अत्याधुनिक डुंगाको सुरुवात गरिएको छ ।

सो डुङ्गामा एक सिप्टमा ३० देखि ३६ जना सम्म यात्रु बोक्न सक्ने क्षमता रहेको लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीले जानकारी दिएका छन् ।

विस्तारित रुपमा आफ्नो स्वरुप परिवर्तन गरिरहेको जखेरा ताल लुम्बिनी प्रदेशको केन्द्रविन्दुका रुपमा परिचित रहेको छ । साथै आउँदो बिहिवारका दिन जखेरा तालमा शिवरात्री विशेष साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ । भोली महाशिवरात्रीका दिन मेला हेर्न जना पुजापाठका लागि करिव ५ हजार दर्शक तथा भक्तातुजन आउने आकलन गरिएको वडा अध्यक्ष चौधरीको भनाई रहेको छ ।

लमही नगरपालिका वडा ३ मा रहेको जखेरा ताल चुरे पहाडको फेदमा अवस्थित छ । पूर्व र पश्चिममा वन जङ्गल, दक्षिणतर्फ सुन्दर मुसुण्डी गाउँ तथा उत्तरतर्फको चुरे पहाडको फेदमा सो ताल रहेको छ । लमही बजारबाट ६ किलोमिटर पूर्व–पश्चिम राजमार्गबाट नजिकै रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट पनि सो तालको अवलोकनमा पर्यटक आउने गरेका स्थानीय बताउँछन् ।

झण्डै सात फिट गहिराइ र साढे सात बिघा क्षेत्रफलमा फैलिएको तालको वरपर वनजङ्गल रहेको छ । गणेश मन्दिर, त्रिसिद्धेश्वरी महादेव, कालिका मन्दिर र राधा कृष्ण मन्दिरले पनि थप आकर्षण दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);