काठमाडौं, २३ फागुन । नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्। आइतबार बिहान ११ बजे सभामुख सापकोटाको कार्यकक्षमा पुगेर दाहाल–नेपालले भेटवार्ता गरेका हुन्।
प्रतिनिधि सभा बैठक बस्नुअघि सभामुख सापकोटासँग अध्यक्षद्वयले गरेको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रतिनिधि सभाका सातौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।
सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्न लागेको प्रतिनिधि सभाको बैठक निकै चासोको साथ हेरिएको छ ।




