सल्यानका हरि बहादुरलाई उपचारको लागि आर्थिक सहयोगको याचना | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

सल्यानका हरि बहादुरलाई उपचारको लागि आर्थिक सहयोगको याचना

दाङ, १४ फागुन । सल्यान दार्मा गाउँपालिका ३ धुलखर्क की दिपा बिकले आफ्नो श्रीमानको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा आग्रह गरेकी छन् । २० बर्षीय श्रीमान हरि बहादुर विकको रोजगारीको शिलशिलामा भारतको किनौरमा विद्युतको काम गर्ने बेला करेन्ट लागेर दुबै हात गुमेपछि उपचारको लागि दिपाले अपिल गरेकी छन् ।

‘घर कै कमाउने मान्छेको अवस्था यस्तो छ,’ उनले दुखेसो गरिन्,’ मजदुरी गरेर नै हामीलाई पाल्दै आउनु भएको थियो । तर, दैबले पनि हामी जस्ता गरिबलाई नै अन्याय गर्दा रहेछन् । हामी नै उहाँको साहारामा थियौँ । अहिले यस्तो अवस्थामा उहाँ हुनुहुन्छ ।’ साथै, हामीलाई जीवनयापन गर्न निकैकष्ट भएको छ ।

उहाँलाई कृतिम हातहरु हाल्न मिल्छ । तर, आर्थिक अवस्थाले गर्दा त्यो हामीले सक्ने अवस्था छैन् । त्यसैले श्रीमानलाई कृतिम हातहरु राख्नको लागि आर्थिक सहयोग गरिदिन उनले आग्रह गरेकी छन् ।

साथै, श्रीमानको उपचार गर्नको लागि काम गर्ने कम्पनीले करिब ३ लाख र आफुहरुले २ लाख गरी हाल सम्म ५ लाख खर्च भइसकेको र अब हातहरु राख्नको लागि ८/१० लाख लाग्ने समेत उनले जानकारी दिइन् । उक्त घटना २०७७ बैसाख महिनामा भएको समेत उनले बताएन् । घर परिवारमा ६ जनाको परिवार रहेको समेत उनले बताइन् ।

Leave a Reply