क्रोनिक लिभर डिजीजका बिरामी शाहीलाई आर्थिक सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

क्रोनिक लिभर डिजीजका बिरामी शाहीलाई आर्थिक सहयोग

जुम्ला । कलिकोट महाबै गाउँपालिका–५ गेलागाउँका ४७ वर्षीय जनकबहादुर शाही एक सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । उनी क्रोनिक लिभर डिजीज्का बिरामी हुन् । 

उनको उपचार काठमाडौंको वीर वा टिचिङ अस्पतालमा हुनुपर्ने हो । तर, उनीसँग काठमाडौं पुगेर उपचार गर्ने त परको कुरा काठमाडौं जाने भाडा समेत छैन । शाहीले भने– मसँग काठमाडौं जाने भाडा समेत छैन । उपचारको कुरा परै जाहोस् ।’

शाहीले आर्थिक अभावका कारण स्वाथ्य बिमा पनि नगरेको बताए । थिइन । शाहीको अवस्था देखेर कलिकोट महाबै गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले ३० हजार सहयोग गरेका छन् । कालिका मा.वि. राँचुली कालिकोटका प्रधानाध्यापक खगेन्द्र शाहीको पहलमा उपाध्यक्ष शाहीले कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा पुगेर व्यक्तिगत रुपमा सो रकम सहयोग गरेका हुन् ।

प्रधानाध्यापक खगेन्द्र भने, ‘यस्तो समस्या भएको थाहा पाएपछि उनको उपचार गर्नका लागि केही राहत पुगोस् भन्ने हेतुले प्रयास गरिएको हो । बिरामीलाई त्रिवि शिक्षण अस्पताल काठमाडांैसम्म पुग्नको लागि उक्त रकम भाडास्वरुप काम लाग्छ ।’

उनको उपचार प्रतिष्ठानका मेडिसिन विज्ञ डा. धिरज गुरुङ र डा. राजेन्द्रमणि गिरीको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।
उनको स्वास्थ्य बिमा भएको छ । प्रतिष्ठानले उनलाई १ फागुनमा रिफर गर्ने भएको छ । बिरामी शाहीले उपचारका लाग्ने खर्च आफूसँग नभएको र सहयोग गरिदिन अपील पनि गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);