बुटवल, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी शर्मा ओली पक्षले लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा विशाल आमसभा गर्दैछ । नेकपा लुम्बिनी प्रदेशले आयोजना गरेको आमसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
आजको जनसभा ऐतिहासिक हुने नेकपा लुम्बिनी प्रदेश कमिटीले जनाएको छ । लाखौं जनतासहित नेकपा नेता कार्यकर्ता उपस्थित हुने बताइएको आमसभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल -याली निकाल्नुका साथै मार्चपास समेत गरेका थिए ।
नेकपाले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा विशाल जनसभा गरिसकेको छ ।