प्रधानमन्त्रीको प्रश्न : मांशाहारी आन्दोलन भनेको चिकेन चिल्ली हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

प्रधानमन्त्रीको प्रश्न : मांशाहारी आन्दोलन भनेको चिकेन चिल्ली हो ?

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मांसहारी आन्दोलन भनेको नरभक्षी आन्दोलन भएको बताउनुभएको छ ।

नेकपाको बागमती प्रदेशले शुक्रबार राजधानीमा आयोजना गरेको सभामा बोल्दै उहाँले सो बताउनुभएको हो । ‘ कसै कसैले मांसहारी आन्दोलनको धम्की दिएका छन्? त्यो भनेको के हो? चिकेन चिल्ली खाने भनेको हो ? त्यो भनेको नरभक्षी आन्दोलन हो’ ओलीले भन्नुभयो।

शुक्रबारको सभा इतिहासमा मै ठूलो भएको दावी गर्दै उहाँले अब कुन पार्टी आधिकारिक हो भनेर छिनोफानो गरीरहनु नपर्ने बताउनुभयो । उहाँले सभामा जनताको सहभागितालाई हेर्दा कुन सक्कली र कुन नक्कली भनेर थाहा भईसकेको बताउनुभयो ।

सभालाई बिफल पार्न बिहीबार नेपाल बन्दको नाटक मंचन गरेर श्रमिक जनतालाई दुख दिएको बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो सभालाई बिफल पार्न बाटा बाटामा खाल्डा खनिएको र कतिपय ठाँंउमा बम राखेर बिप्लव लेखिएको बताउनुभयो ।

Leave a Reply