माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दााहाल पनि उम्मेदवार छनौट | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल मंसिरमा हुने निर्वाचनमा समानुपातिक तर्फको उम्मेदवार बनेका छन्। नेता बर्षमान पुन नेतृत्वको कार्यदलले छनोट गरेको उम्मेदवारको सूचीमा प्रकाशको नाम पनि रहेको छ। प्रचण्डको परिवारमा छोरी, बुहारी पछि छोरा पनि चुनाव लड्न लागेका हुन्।

यसअघि बुहारी विना मगर कञ्चनपुरबाट लडेकी थिइन् भने छोरी चितवनको भरतपुरबाट चुनाव लडिसकेका छन्। अब प्रकाश पनि प्रत्यक्ष रुपमा राजनीतिक मैदानमा आउन लागेका हुन्। उनको जित सुनिश्चित रहेको चर्चा माओवादी वृतमा हुन लागेको छ।

जिल्ला कमिटीहरुबाट आएको सिफारिसका आधारमा उनीहरुलाई उम्मेदवारको सुचीमा समेटेको हो। स्रोतका अनुसार पार्टी अध्यक्ष प्रचण्ड चितवन ३ बाट, रामबहादुर थापा चितवन १ बाट, नारायणकाजी श्रेष्ठ गोरखा २ बाट चुनाव लड्ने तय भएको छ । यस्तै, कृष्णबहादुर महरा दाङ र बर्षमान पुन अनन्त रोल्पाबाट चुनाव लड्ने निश्चित भएको छ।

समानुपातिकमा को-को ?

माओवादी केन्द्रको समानुपातिक तर्फको उम्मेदवारको सूचीमा प्रकाशसहित नेताहरु मणि थापा, रेखा शर्मा, दिनानाथ शर्मा, सभामुख ओनसरी घर्ती मगर, पूर्व मन्त्री हितराज पाण्डे लगायत रहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);