एजेन्सी, १४ माघ । अमेरिकाले कोरोना भाइरसविरुद्धको थप २० करोड डोज खोप खरिद गर्ने भएको छ । आउँदो गर्मीयामसम्म ६० करोड डोज अर्थात् ३० करोड अमेरिकीलाई कोरोना खोप दिने लक्ष्यलाई पूर्णता दिन उक्त परिमाणमा खोप खरिद गर्न लागिएको हो ।
२० करोड मध्ये १० करोड डोज फाइजर र बायोएनटेक तथा बाँकी १० करोड मोडेर्ना कम्पनीबाट खरिद गर्ने जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले गर्मीयामसम्म अधिकांश अमेरिकी नागरिकलाई खोप लगाउन पर्याप्त हुने गरी खोप खरिद गर्न लागिएको बताउनुभयो ।
बाइडनले कोरोना खोप कार्यक्रमलाई पनि तीव्रताका साथ अघि बढाउन निर्देशन दिँदै स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गर्नुभएको छ ।
यसैबीच, राष्टपति बाइडेनले भ्रमण सल्लाह जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गर्नुभएको छ । कोरोना संक्रमण आतंकवादी संगठनहरु सक्रिय रहेको भन्दै अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान सल्लाह दिएको छ ।




