प्राधिकरण प्रमुख डा. गोविन्दराज पोखरेललाई प्यूठान छाड्न आदेश | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

प्राधिकरण प्रमुख डा. गोविन्दराज पोखरेललाई प्यूठान छाड्न आदेश

काठमाडौं, १९ असोज । निर्वाचन आयोगले राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी अधिकृत प्रा.डा.गोविन्दराज पोखरेललाई प्यूठान जिल्ला छाड्न आदेश दिएको छ ।

आयोगको आज बसेको बैठकले, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेललाई तत्काल प्यूठान जिल्ला छोड्ने व्यवस्था मिलाउन प्युठानका प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको हो ।

आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले हस्ताक्षर गरी प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई असोज १९ गते लेखेको पत्रमा प्राधिकरण प्रमुख डा. पोखरेललाई प्युठान जिल्ला छाड्ने व्यवस्था मिलाउन भनिएको आयोगले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

‘‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले मिति २०७४।०६।१० देखि प्यूठान जिल्लाका विभिन्न स्थानहरुमा नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट एवं पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा निज प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेललाई तुरुन्त प्यूठान जिल्ला छाड्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ ।’’ आयोगले बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

डा. गोविन्द पोखरेल प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार सिफारिस भएका छन् । कांग्रेस जिल्ला कार्यालय प्युठानले डा. पोखरेलको नाम सर्वसम्मत निर्णयबाट सिफारिस गरेको हो । डा. पोखरेल गत माघमा प्राधिकरणको सिइओमा नियुक्त भएका थिए ।

२४ धण्टे स्पष्टीकरण पेश गर्न निर्देशन

आज बसेको निर्वाचन आयोगको बैठकले राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले विभिन्न स्थानमा नेपाली काङग्रेसका कार्यकतासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको हुँदा २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);