सिरहामा फेला परेको प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

सिरहामा फेला परेको प्रेसर कुकर बम सेनाद्वारा डिस्पोज

सिरहा, १० माघ पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा रहेको जिवा खोलाको पुलमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा अज्ञात समूहले राखेको प्रेसर कुकर बम शनिबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय मिर्चैयावाट खटिएको प्रहरी टोलिले पूर्वपश्चिम राजमार्गमा आवतजावत ठप्प पारेको थियो ।

सिरहाको चोहर्वामा रहेको सेनाको शेर गणका बम डिस्पोजल टोलिले बम डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माले बताउनुभयो ।

Leave a Reply