राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई दिए बधाई संदेश | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई दिए बधाई संदेश

काठमाडाैं, ८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई संदेश दिनु भएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गर्नु भएको छ ।

दुवै जनाले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि गर्नु भएको छ । राष्ट्रपतिले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामनासमेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले बाइडनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले बधाई सन्देशमा अमेरिका–नेपालको द्विपक्षीय सम्बन्ध आगामी वर्षमा नयाँ उचाइमा पुग्ने उल्लेखसमेत गर्नु भएको छ ।

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडनले नेपाली समयअनुसार बुधबार राति पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);