सुवास चौलागाईँ
भक्तपुर, ७ माघ । केहिसमय पहिले देखि क्यान्सरबाट पिडित भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको निधन भएको छ । उहाँको उपचारका क्रममा गए राति भरतपुर क्यान्सर अस्पतालमा चितवनमा मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
स्याङ्जा स्थाई घर भइ भक्तपुरमा कार्यरत ५३ वर्षीय ढकालको पोखरामा आज अन्त्येष्टि भक्तपुरका प्रमुख जिल्ला भट्टराईले जानकारी दिनुभयो ।
आठ महिनादेखि जिब्रोको क्यान्सर भएर भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गराउई रहनुभएका ढकाल गम्भीर भएपछि भरतपुर लागिएको थियो उपचारका क्रममा गएराती उहाँको निधन भएको हो ।