कुमाल समुदायका लागि १ महिने माटाका भाँडा बनाउने तालिम सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

कुमाल समुदायका लागि १ महिने माटाका भाँडा बनाउने तालिम सुरु

बिष्णु खनाल
अर्घाखाँची, ६ माघ ।
अर्घाखाँचीको सन्धिखर्कमा कुमाल समुदायका लागि १ महिने माटाका भाँडा बनाउने तालिम सुरु भएको छ । कुमाल जातीको पहिचान र परम्परागत पेशाको रुपमा रहेको माटाका भाँडा बनाउने सिप नै लोप हुन थालेपछि घरेलु तथा साना उद्योग कार्यलय अर्घाखाँचीले माटाका भाडा बनाउने तालिम सञ्चालन गरेको हो ।

सोमवारदेखि १ महिनासम्म सञ्चालन हुने तालिमको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले पानसमा दीप प्रज्वलन गरेर उद्धाटन गर्नु भएको छ ।
उद्धाटन समारोहमा मन्तब्य राख्दै नगर उपप्रमुख विकले कुमाल समुदायको पहिचानको रुपमा रहेको माटाका भाँडा बनाउने सिपको विकास गरी स्वरोजगार सृजना गर्न नगरपालिकाले पनि सहयोग गर्ने बताउनु भयो ।

घरेलु तथा साना उद्योग कार्यालयका कार्यलय प्रमुख केशव सुनारको अध्यक्षतामा सम्पन्न भएको उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष युवराज बन्जाडे, वडा सदस्यहरु बलबहादुर विसी, सुमित्रा कुमाल, आशा परियार, प्रशिक्षक हरि प्रजापति, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, सेरा मिक्स प्रालीका अध्यक्ष गंगा मुखिया, स्थानीय विरबहादुर मुखिया लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम घरेलु तथा साना उद्योग कार्यलयका लक्षमी प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply