आज कोजाग्रत पूर्णिमाः टिका र जमरा बिसर्जन गरी वडादशैंको समापन गरिँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

काठमाडौं, असोज १९ । आश्विन शुक्ल पूर्णिमाका दिन आज यस वर्षको वडादशैं समापन हुँदैछ । घटस्थापनाका दिन राखिएको जमरा तथा टिका बिसर्जन गरेर वडादशैं समापन गरिने प्रचलन छ।

आज रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भनेर रातभर दीपावली गरेर जाग्राम बस्ने चलन पनि छ ।

यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो । यस रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ। माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ।