नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

काठमाडौं, १८ असोज ।  सरकारले नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोज्न थालेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डलाई चार लेनको बनाउन जोखिम रहेको निचोड निकाल्दै सरकारले वैकल्पिक सडकहरुको सम्भाव्यता अध्ययन सुरु गरेको हो । सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर केशव शर्माका अनुसार सरकारले प्रस्तावित दुईवटा मार्गको अध्ययन थालेको छ । प्रस्तावित पहिलो मार्ग धादिङको मलेखुदेखि चितवनको भण्डारा जोडिनेछ भने दोस्रो विकल्पका रुपमा मुग्लिन पारि तनहुँबाट अहिलेको मुग्लिन सडकखण्डको समानान्तरमा देवघाट हुँदै गैंडाकोट पु¥याउने सरकारी योजना छ ।

एसियाली विकास बैंकको सहयोगमा यी दुवै वैकल्पिक मार्गको सम्भाव्यता र विस्तृत अध्ययन सर्वेक्षणका लागि परामर्शदाता छनौट प्रक्रिया सुरु भइसकेको विभागले जनाएको छ । यी दुवै सडक निर्माण भएमा पूर्वबाट आउने सवारी साधन भण्डारा हुँदै सिधै मलेखु निस्कन सक्छन् भने पश्चिमबाट आउने सवारी साधन गैंडाकोट, देवघाट हुँदै मुग्लिन पुग्न सक्नेछन् ।