संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नुपर्छ : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नुपर्छ : सभापति देउवा

काठमाडौं, २५ पुष । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित विरोध सभामा बोल्दै सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताउनुभएको हो ।

अदालतमा विचाराधिन मुद्दामा जुलुश निकालेर दबाब सिर्जना गर्न नहुने उहाँको भनाई छ । जुलुशको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पु¥याई संवैधानिक मूल्य र मान्यता अनुसार निर्णय गर्ने उहाँले बताउनुभयो ।

निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उहाँले बताउनुभयो । जनतामा जाँदा केही नबिग्रिने भन्दै सभापति देउवाले सर्वोच्च अदालतभन्दा ठुलो अदालत जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु नहुने उहाँको भनाई छ । देशमा कम्युनिष्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनताको जानुपर्ने उहाँले बताउनुभयो ।

अदालतले निर्वाचनमा जाने निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराएनन् भने नेपाली जनताले ओलीलाई सडकबाटै हटाउन बाध्य हुने उहाँको भनाई छ । निर्वाचन नगरे प्रधानमन्त्री ओलीलाई जनताले नेपालमा बस्नै नदिने अवस्था बनाउन सक्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्वाचन गराउने प्रतिवद्धता जनाएको भन्दै उहाँले निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनमा सबै राजनीतिक दलले भाग लिने पनि उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);