राजतन्त्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा शुक्रबार ललितपुरमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

राजतन्त्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा शुक्रबार ललितपुरमा प्रदर्शन

काठमाडौं, ३ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुरले राजतन्त्रको माग गर्दै मोटरसाइकल ¥याली आयोजना गरेको छ । शुक्रबार ललितपुरको कुपण्डोलबाट सुरु भएको मोटरसाइकल ¥याली लगनखेलमा पुगेर कोण सभामा परिणत भएको थियो ।

राजसंस्था र हिन्दु धर्म पुनस्थापनाका लागि ¥याली निकालिएको बताइएको छ । भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल भएकाले विरोध गरेको राप्रपाले जनाएको छ । आगामी दिनमा आन्दोलनलाई अझै सशक्त बनाउने राप्रपाका केन्द्रीय सदस्य निरञ्जन थापाले बताउनुभयो ।

राप्रपाले बिहीबार देशभर विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । जसमध्ये पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने, पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरहरुमा मोटरसाइकल ¥याली निकाल्ने र पुस १५ देखि २५ गतेसम्म जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);