अमेरिकामा सरकारी तथा निजी क्षेत्रहरुमा साइबर आक्रमण हुन सक्ने आशंका | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

अमेरिकामा सरकारी तथा निजी क्षेत्रहरुमा साइबर आक्रमण हुन सक्ने आशंका

एजेन्सी, ३ पुष । अमेरिकामा प्रमुख सरकारी निकाय, मुख्य पूर्वाधारहरु तथा निजी क्षेत्रहरु गम्भीर साइबर आक्रमणको जोखिममा रहेको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकाको प्रमुख ह्याकिङ अभियानले यो हप्ता सरकारी तथा निजी क्षेत्र आक्रमणकारीको निशानामा रहेको सुचना प्राप्त भएको जनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

अमेरिकी साइबरसेक्युरिटी एण्ड इफ्राइस्टक्चर सेक्युरिटी एजेन्सी सिसाले अर्थ तथा वित्त विभाग पनि साइबर आक्रमणको जोखिममा रहेको सिसाले बताएको छ । आक्रमण बृहत र जटिल हुने सिसाको ठहर छ ।

उक्त सम्भावित आक्रमण रुसबाट हुने अमेरिकाको आशंका छ । तर रुसले भने त्यो आरोप आधारहिन भनेको छ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले साइबर सुरक्षा प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);