एजेन्सी, १२ मंसिर । वेस्ट इन्डिज विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा न्युजिल्याण्डले शानदार जित हात पारेको छ । अकल्यान्डमा शुक्रबार भएको खेलमा घरेलु टोली न्युजिल्यान्डले डकवर्थ लेविस नियमका आधारमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो ।
वर्षाले प्रभावित भएपछि खेल १६ ओभरमा घटाइएको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १६ ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको हो । टोलीका लागि कप्तान काइरन पोलार्डको ३७ बलमा ७५ रन बनाए । न्युजिल्याण्डका लागि लोकी फर्गुसनले ५ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले १५.२ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाउँदै खेल जित्न सफल भयो । न्युजिल्याण्डको जितमा जेम्स निशमले २४ बलमा नटआउट ४८ रन बनाए । वेस्ट इन्डिजका लागि ओशाने थोमसले २ विकेट लिए ।
पहिलो खेल जितेको न्युजिल्याण्डले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब यी दुई टोलीबीच आगामी आइतबार दोस्रो खेल हुनेछ ।