आस्था र निष्ठाका धरोहर, गणेशमान सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आस्था र निष्ठाका धरोहर, गणेशमान सिंह

अहिलेसम्म गणेशमान सिंह जिवित रहनु भएको भए १०६ वर्षको हुुनुहुन्थ्यो, अर्थात कार्तिक २४ गते उहाँको जन्मजयन्ती । आस्था र निष्ठाका धरोहर मानिनु हुने लामो ऐतिहासिक कालखण्डले जन्माएका एक मात्र प्रजातन्त्रवादी नेताको रुपमा खोजी गर्दा गणेशमान सिंहको नाम अग्रपंक्तिमा देखिन्छ । आस्था र निष्ठा मात्र होइन, दृढ संकल्प अनि जीवनको उत्तराद्र्धसम्म अकन्टक र आक्रामक कार्यशैलीकै कारण देशले नयाँ राजनीतिक जीवन प्राप्त गर्न सक्यो ।

प्राप्त भएको नयाँ राजनीति देशको लागि हितकर भयो वा भएन, त्यसको प्रतिफल जनताको हातमा कति प¥यो या परेन, इत्यादि विषयहरुको मूल्यांकन त भविष्यले गर्दै जाला नै । तथापी पद र प्रतिष्ठाको निमित्त मरिमेट्ने वर्तमान पुस्ताको अगाडि भने, स्वर्गीय गणेशमान सिंह एउटा नयाँ चुनौतीपूर्ण इतिहास बोकेका, औसत राजनीति गर्ने व्यक्तिहरु भन्दा पृथक व्यक्तित्वका रुपमा परिचित रहन पुग्नु भयो ।

इतिहासमा प्रधानमन्त्रीको पद अस्वीकार गर्दै समकक्षीलाई सो पदको निमित्त योग्य देख्ने व्यक्ति पनि स्वर्गीय गणेशमान सिंह नै बन्न पुग्नु भयो । एक समय गणेशमान सिंहको नाम राजनीतिक क्रान्तिसँग जोडेर हेर्ने गरिन्थ्यो । राजादेखि तत्कालिन व्यवस्थाका प्रमुखहरुलाई बलियो चुनौती खडा गर्न सक्ने भएकै कारण तत्कालिन व्यवस्थाले समेत उहाँलाई कतिपय कुराहरु बोल्नको निमित्त छुट दिएको थियो ।

काठमाडौंको नेवारी समुदाय भित्र जन्मनु भएका स्वर्गीय गणेशमान सिंह आफ्नो जीवन कालको अन्तिम समयसम्म पनि देश र जनता भनी अनवरत रुपमा लागि रहनु भयो । राजनीतिक घेराभन्दा बाहिरको पहिचान समेत स्थापित गरेकै कारण उहाँ सबै पार्टीको सर्वमान्य नेता, वीर गणेशमान, लौह पुरुष, सर्वाेच्च कमाण्डर जस्ता अनेकौं विशेषणद्वारा विभूषित हुन सफल हुनु भयो । उहाँको अवसानलाई सबैले अभिभावक गुमाएको दुःखद क्षणको रुपमा चित्रण गर्न पुगे ।

वर्तमान पुस्ताले स्वर्गीय गणेशमान सिंहबाट सिक्न सक्ने धेरै कुराहरु हुनसक्छन । सबैमा मौलाएको अवसरवाद र राजनीतिक मोलमोलाईलाई विराम दिंदै पूर्वजहरुको आस्था र निष्ठालाई राजनीतिक सम्पत्तिको रुपमा अंगिकार गर्न सके, देशले नयाँ प्रकारको राजनीतिक उचाइ प्राप्त गर्ने निश्चित छ । नेपालको राजनीतिमा उहाँले पु¥याउनु भएको योगदान हमेसा अमर रहनेछ । इतिहासले वीर गणेशमानलाई अमर राजनेताको रुपमा सदैव स्मरण गरिरहनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);