लालुपुत्र तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २१ २०८१, बुधवार

लालुपुत्र तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण

एजेन्सी,२४ कार्तिक । भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनमा तेजस्वी यादव नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ । बिहारमा निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरिएको हो ।

प्रक्षेपण मेल खाएका बिहारमा तीन कार्यकालदेखि सत्ताको बागडोर सम्हालिरहनुभएका वर्तमान मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी गठबन्धनले ठूलो धक्का लाग्ने देखिन्छ ।

निर्वाचनको अन्तिम परिणाम भने मंगलबारसम्ममा आइसक्ने बताइएको छ । भाजपा–जेडियुको सत्तारुढ गठबन्धनलाई चुनौती दिन तेजस्वी नेतृत्वको आरजेडी, कांग्रेस आई र वामपन्थी पार्टीले ‘महागठबन्धन’ बनाएर चुनाव लडेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);