घर आँगनमा प्रवेश गरेको दशैं (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

घर आँगनमा प्रवेश गरेको दशैं (भिडियोसहित)


नेपालीहरुले महान चाडको रुपमा मनाउने यसपालीको घर आँगनमा प्रवेश गरेको छ । दशैंको पहिलो दिन घटस्थापना विधिपूर्वक घरघरमा गरिएको छ । यसपालीको दशैं विगतको भन्दा विषम परिस्थितमा हुन लागेको छ । कोरोना महामारीको डरमा पनि नेपालीहरुले मौलिक पर्वको रुपमा दशैंलाई आफन्तसँगको मिलन बिन्दुका रुपमा लिने गर्छन ।

नेपाली मात्रको घर आँगनमा प्रवेश गरेको बडादशंै लगाएतका चाडपर्वहरुले सधैझैं यस विषम परिस्थितिमा पनि एउटा रौनकता थपिदिएको छ । विशेषत वर्ष भरि मै यो चार्डवाड नेपालीहरुको लागि मौलिक छ । राजादेखि रंकसम्म सबैको साझा छ । मित्रवत सम्बन्धको आधारशिला छ । अनि वर्षौेदेखि बिछोडिएका जनहरुको निमित्त मिलन बिन्दु छ । जे छ सबैको लागि काम लाग्ने छ, उत्साह दिने छ, अनि रमाइलोको छ ।

तथापी यस वर्षको परिस्थितिजन्य बाध्यता भने अलग प्रकारको छ । यस वर्षको दशंैले भिडभाडको वातावरणको परिकल्पना गर्देैन । आफ्ना आफन्तहरुसँंगको ज्यादा सम्पर्कलाई पनि रुचाउँदैन । अनि धेरैको बिग्रिएको आर्थिक अवस्थाले गर्दा बजारको चहलपहललाई पनि सीमित नै गरिदिएको छ । तथापी खानेमुखलाई जुगाले छेक्दैन भने जस्तै चाडबाड मान्ने नेपालीको मौलिकता यस वर्ष अझ विशेष मौलिक हुने कुरामा सन्देह छैन ।

हुन त संक्रमणकै बीचमा पनि सरकारले होसियारीपूर्वक अघि बढ्न भन्दै सबै प्रकारका क्रियाकलापहरुलाई खुला गरिसकेको छ । होटल व्यवसाय, बन्द व्यापारदेखि सार्वजनिक यातायातसम्म खुला गरिएको परिवेशमा चाडबाड केन्द्रित मन्दिरहरुलाई पनि संक्रमण संवेदनशलीतालाई ध्यानमा राख्दै केही खुला गरिदिएको भए नेपालीको आस्था र संस्कृतिको जगेर्ना हुन सक्थ्यो भन्ने मत व्यापक छ ।

सबै क्षेत्रभन्दा मन्दिरहरु नै संक्रमणको लागि हानिकारक हुन र ? अरु क्षेत्रमा लागू गरेको जस्तै संक्रमण व्यवस्थापन गर्दैे सर्वसाधारणको लागि लागि पनि मन्दिर क्षेत्र खुला गरिनु पो पथ्र्याे की ? आज थुप्रै ठाउँहरुमा भिडभाडको अवस्था छ । रात्रीको समयमा तरकारी तथा फलफूल बजारमा हुने भिडभाड देखि महत्वपूर्ण पब्लिक क्षेत्रहरुमा हुने जमघट समेतलाई दृष्टिगत गर्दा मन्दिर क्षेत्रमा त्यो भन्दा कम नै भिडभाड हुन्थ्यो होला ? फेरी मन्दिर जाने मानन्छेहरु सुझबुझ नभएका, उत्श्रृंखल, परिस्थितीलाई बुझ्न नसक्ने प्रकारका पनि त हुँदैनन नि ।

यद्यपी सरकारले यसतर्फ ध्यान दिन सकेन । तथापी भगवानको निवास मन्दिरमा मात्रै हुने गर्दैेन । भगवान सर्वव्यापक हो । सबै ठाउँमा समान रुपमा व्याप्त हो । यो भावनालाई दृढ गर्देै अझै चाडबाडको रौनकता थप्नेतर्फ लाग्न सकियो भने चाडबाड पनि सुखद हुन जाने र संक्रमणबाट पनि बच्न सकिने अवस्था रहन सक्छ ।

जेहोस, यो चाडपर्व तडकभडकपूर्ण हुन नजाओस् । विकृत्ति र विसंगतीले ठाउँ पाउन नसकोस् । सबैको मन उत्फुल्लित रहोस् । कुण्ठा र अहंकार जरैदेखि समाप्त हुन सकोस् । असत्यमाथि सत्यको विजय निश्चित छ । सबैलाई दशैंको सुभकामना ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);