काठमाडौं, २१ असोज । बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि बुधबार ओरालो लागेको छ । यसदिन चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।