कावासोतीमा कानै काटेर गरगहना लुटे | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

कावासोतीमा कानै काटेर गरगहना लुटे


नवलपुर,१८ असोज । पूर्वी नवलपरासीको कावासोतीमा आइतबार (आज) विहान एक जना महिलाको कान काटेर सुनका गरगहना लुटिएको छ । कावासोती १३ बुढौली कुनाबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा नै कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेललाई दुई जना लुटेराले लुटेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नविन थापाले घटनाको पुष्टि गर्दै लुटेराको जंगलदेखि सडक सबैतर्फ खोजी भएको जानकारी दिनुभएको छ । पीडित महिलाका श्रीमान दण्डपानी पौडेलले लुटेराले कान काटेर कानका ठूला ठूला दुई वटा रिङ्ग लुटेर लगेको र साना साना रिङ्ग भने जोगिएको बताउनु भयो ।

महिला लुटेरासँग लडेर घरतर्फ भागेर ज्यान जोगाउन सफल हुनुभएको हो । उहाँको दुई वटा कान काटिएको छ भने टाउकोमा समेत चोट लागेको छ । पीडित महिलाको अहिले कावासोतीको नवलपुर अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);