१३६ मध्ये १३२ स्थानीय तहको मतपरिणाम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

१३६ मध्ये १३२ स्थानीय तहको मतपरिणाम सार्वजनिक

local election

काठमाडौँ, ८ असोज । असोज २ गते सम्पन्न भएको प्रदेश नम्बर २ का ८ जिल्लामा कायम गरिएको १३६ स्थानीय तहमध्ये अहिलेसम्म १३२ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो विवरण अनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३८, नेकपा (एमाले) १८, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल २ र नयाँ शक्ति नेपाल १ स्थानमा विजयी भएका छन् ।

यसैगरी, जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३८ वडाको मतगणना कार्य सम्पन्न भएको छ । अब ४ स्थानीय तह र १९ वडाको निर्वाचन परिणाम आउन बाँकी छ ।

आठ जिल्लामध्ये सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सप्तरीको राजबिराज नगरपालिका, बारा जिल्लाको कलैया उपमहानगरपालिका र बारागढी गाउँपालिका तथा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा मतगणना कार्य जारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);