आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायी खुसी | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायी खुसी

पोखरा, ५ असोज । लामो समयदेखि बन्द आन्तरिक हवाई उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन । कोरोना महामारीका कारण जारी भएको लक डाउनपछि बन्द रहेको आन्तरिक हवाई सेवा सुरु भएसँगै व्यवसायीहरु खुसी भएका हुन । सरकारले गत चैत ११ गतेबाट देशभरी लक डाउन जारी गरेसँगै पटर्यन व्यवसाय ठप्प बनेको थियो ।

असोज ५ गतेबाट हवाई सेवा सुरु भएसँगै पर्यटन व्यवसायले गति लिने विश्वास व्यवसायीहरुको छ । तर केही पर्यटन व्यवसायीलाई मात्रै फाइदा पुग्ने गरी विमानसेवा कम्पनीले उडान प्याकेज घोषणा गरेको प्रति भने व्यवसायीले असन्तुष्टि जनाएका छन । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गते देखि बन्द भएको नियमित हवाई सेवा १सय ८० दिन पछि सुरु भएको हो ।

Leave a Reply

ताजा समाचार