बारामा ढुंङ्गा चोरी र तस्करी बढदै | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

बारामा ढुंङ्गा चोरी र तस्करी बढदै

श्याम गुप्ता
बारा, १२ भदौ ।
कोरोना महामारीले विश्वका अधिकांस देशलाई त्रसीत बनाएको छ । मानिसहरु घर बाहिर अनावश्यक हिड्डुल गर्न छाडेको महिनौं भईसकेको छ । निजी कार्यालय मात्रै नभई सबै सरकारी कार्यालय, वित्तिय संघ संस्था, बैकिंङ्ग कार्यालयहरु समेत महिनौं देखि प्रभावित बनेका छन् । सरकारी निकाय कोरोना नियन्त्रणमा लाग्दै गर्दा बारामा भने ढुंङ्गा चोरी, तस्करी गर्ने गिरोह सल्बलाई रहेका छन् ।

स्थानीय तह, बारा प्रहरी प्रशासनको ध्यान कोरोना भाइरसको नियन्त्रण तर्फ केन्द्रित भई रहँदा बारामा ढुंङ्गा चोरी, तस्करी गर्ने गिरोह सक्रिय भएको छ । कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले जिल्ला भरि निषेधाज्ञा नै जारी गर्यो । प्रत्येक वर्षको असार, साउन, भदौ, यी तीन महिना कँुनै पनि नाम वा बाहनामा खोलाका नदी जन्य पर्दाथ संकलन गर्न रोक लगाईए पनि बाराका बिभिन्न खोलानालाबाट भने दिन दाहाडै नदी जन्य पदार्थ ढुंङ्गा चोरी गर्दै संकलन गर्ने कार्य भईरहेको छ ।

जिल्लाको लालबकैया, धन्सार खोलाबाट यसरी नैं अवैध रुपमा ढुंङ्गा निकाल्दै संकलन गर्ने गिरोहलाई कोरोना महामारीले पनि छुन सकेको छैन । बन्दको समयमा ढुंङ्गाको माँग पनि बढि हुने र मंहङ्गोमा बिक्री गर्न सकिने भएकोले ढुंङ्गा चोरी, तस्करी गर्ने गिरोह सक्रिय भएको बारा वडा नं. १ निजगढ नगरपालिकाका वडाअध्यक्ष मंगल लोप्चनले बताउनु भयो ।

चुरे भएर बग्ने निजगढ नगरपालिका वडा नं.१ को धन्सार खोला, वडा नं.४ र १० भएर बग्ने लालबकैया खोलाबाट अवैध रुपमा ढुंङ्गा चोरी तस्करी भईरहेका छन् । स्थानीय प्रहरीले बेला बखत खोलामा नैं गई नियन्त्रणका प्रयास गर्दै आईरहे पनि प्रभावकारी बन्न सकेको छैन् । बन्दाबन्दीको समयमा अबैध रुपमा ल्याएर संकलन गरिएका ढुंङ्गालाई स्थानीय तह निजगढ नगरपालिका, डिभिजन वन कार्यालय बारा, बारा प्रहरी तथा जिल्ला प्रशासनले नियन्त्रणकोलागि बेलैमा चाँसो नराख्दा चोरी, तस्करी गिरोहको मनोवल बढ्दै गएको छ ।

यसरी अवैध रुपमा ल्याएर विभिन्न स्थानमा अबैध रुपमा थुपारिएका ढुंङ्गा एक हजार ट्याक्टर भन्दा बढी छन् । तर पनि नियन्त्रणमा लिन कोहि अग्रसर भएका छैनन् । अन्य बेला १५ सय देखि २ हजारमा प्रति ट्याक्टर पाउँने ढुंगा अहिले ३ हजार देखि ३५ सय रुपैयाँ मूल्य सम्ममा गिरोहले बिक्री गर्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);