बेरुत विस्फोटनमा ज्यान गुमाउनेको संख्या १३५ पुग्यो: बन्दरगाहका अधिकारीहरू नजरबन्दमा | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

बेरुत विस्फोटनमा ज्यान गुमाउनेको संख्या १३५ पुग्यो: बन्दरगाहका अधिकारीहरू नजरबन्दमा

एजेन्सी, २२ साउन । लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनमा परी ज्यान गुमाउनेको संख्या १ सय ३५ पुगेको छ । मंगलबार राति बिष्फोटक पदार्थले भरिएको एक गोदाममा भएको बिस्फोमा उनीहरुको मृत्यु भएको हो भने अझै ४ हजार भन्दा बढी घाइते भएका छन् ।

बिस्फोटको घटनापछि बेरुत बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको छ । सूचनामन्त्री मनाल अब्देल समादले सन् २०१४ देखि नै उक्त बिस्फोटक पदार्थलाई भण्डारण गर्ने, सुरक्षा दिने र त्यससम्बन्धी कागजातका काम गर्ने काममा संलग्न सबै बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको बताउनुभएको छ ।

बेरुतका बन्दरगाहका प्रमुख र भन्सार प्रमुख दुवैले स्थानीय संचार माध्यमहरूलाई जनाए अनुसार सुरक्षाका लागि उक्त रसायन निर्यात गरिनुपर्ने वा बन्दरगाहको सुरक्षा सुनिश्चित गर्नका लागि बिक्री गर्नुपर्ने भन्दै उनीहरूले न्यायिक निकायहरूलाई कैयौँ पत्र लेखेका थिए तर त्यो सुनुवाई हुन सकेको थिएन ।

Leave a Reply

ताजा समाचार