झापाका तीन बालक सिमसार क्षेत्रको पानीमा मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

झापाका तीन बालक सिमसार क्षेत्रको पानीमा मृत फेला

dead

झापा, ८ साउन । झापाको भद्रपुरमा रहेको सिमसार क्षेत्रमा तीन जना बालक मृत फेला परेका छन्। भद्रपुर–२ कमलधापका १० वर्षीय अंकुश तामाङ र करिब १५ वर्षीय करण थामी तथा उनका भाइ करिब १२ वर्षीय अर्जुन थामी मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले भद्रपुर नगरपालिकाले निर्माण गरेको नयाँ सिमसार क्षेत्रको पानीमा उनीहरू मृत अवस्थामा फेला परेको जानकारी दिनुभयो।

बुधबार दिउँसो दुई बजेको समयमा खेल्न भनेर घरदेखि निस्केका उनीहरू घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा अंकुश बुधबार नै सोही ठाउँमा मृत फेला परेका थिए।

करण र अर्जुन भने फेला परेका थिएनन्। तालिमप्राप्त सुरक्षाकर्मीको सहयोगमा खोजतलास गर्ने क्रममा बिहीबार बिहान करिब नौं बजेतिर दुबै जना सिमसार क्षेत्रकै पानीमा मृत फेला परेका हुन्।

कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको डीएसपी थापाले बताउनुभयो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);